बार्टी अस्ट्रेलियन ओपनकाे सेमिफाइनलमा

विश्व नम्बर एक एस्ले बार्टी अस्ट्रेलियन ओपन टेनिस प्रतियाेगिताकाे महिलातर्फ सेमिफाइनल प्रवेश गरेकी छन् ।

घरेलु खेलाडी बार्टीले मंगलबार मेलर्बनमा भएकाे दोस्रो क्वाटरफाइनलमा २१ औं वरीयताकी अमेरिकी खेलाडी जेसिका पेगुलालाई २-० काे साेझाे सेटमा पराजित गरेकी हुन् ।

बार्टीले खेल ६-२ र ६-० ले आफ्नो पक्षमा पार्दै सेमिफाइनल यात्रा तय गरिन् ।

बार्टीले फाइनल प्रवेशका लागि अमेरिकी खेलाडी म्याडिसन किजकाे सामना गर्नेछिन् ।

म्याडिसनल् पहिलाे क्वाटरफाइनलमा बारबोरा क्रेचसिकाेभालाई २-० काे साेझाेमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १५:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया