स्थानीय तहको चुनाव २०७९ को चैतसम्म गर्दा हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले ०७९ चैतभित्र तीनै तहको चुनाव हुने बताएका छन् । मंगलबार रामेछापका विभिन्न पार्टी परित्याग गरी समाजवादीमा प्रवेश गरेका युवालाई स्वागत गर्दै अध्यक्ष नेपालले आउँदो कात्तिक, मंसिर वा पुसमा तीनै तहको चुनाव हुने बताएका हुन् ।

उनले वैशाखमा चुनाव हुन अवस्था नरहेको बताए । २०७४ असोजमा निर्वाचित जनप्रतिनिधिलाई पाँच वर्षे कार्यकाल पूरा गर्न दिनुपर्ने भएकाले वैशाखमा चुनाव नहुने उनको भनाइ छ ।

‘२०७४ सालमा वैशाख ३१ गते पहिलो चरणको, असार १४ गते दोस्रो चरण र अन्तिम चुनाव असोज २ गते भएर ७ गते परिणाम आएको हो । संविधानले पाँच वर्षे कार्यकाल भनेपछि आउँदो असोजमा मात्रै उनीहरूको कार्यकाल सकिन्छ,’ अध्यक्ष नेपालले भने,  'संविधानमा पनि गाउँसभा र नगरसभाको चुनाव सकिएको छ महिनाभित्र निर्वाचन गर्ने भनेको छ । असोजमा कार्यकाल सकिने भएकाले स्थानीय तहको चुनाव २०७९ को चैतसम्म चुनाव हुनुपर्छ ।'

अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनका पाँच दल सँगै अबको चुनावमा जाने बताए । 'यी सबै सन्दर्भमा पाँच वटा दल मिलेर हामी चुनाव गराउँछौँ', उनले भने ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १६:३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया