आहा रारा गाेल्डकपकाे सेमिफाइनल समीकरण पूरा

पाेखरामा जारी २० औं संस्करणकाे आहा रारा गाेल्डकपकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ ।

पाेखरा रंगशालमा मंगलबार भएकाे चाैथाे तथा अन्तिम क्वाटरफाइनलमा थ्रीस्टार क्लबमाथि १-० काे कठिन जित निकाल्दै विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनल पुग्ने चाैथाे टाेली बन्याे ।

आर्मीसँगै अर्काे विभागीय टाेली नेपाल एपिएफ, मनाङ मर्स्याङदी र मछिन्द्र क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

खेलकाे ७० औं मिनेटमा राजिभ गुरुङले गरेकाे एक मात्र गाेल आर्मीलाई जित दिलाउन प्रयाप्त बन्याे ।

आर्मीले फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबकाे सामना गर्नेछ ।

मनाङ विभागीय टाेली नेपाल पुलिस क्लबलाई २-० ले पराजित गर्दै सेमिफाइनल पुगेकाे हाे ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १६:३१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया