वडा अध्यक्ष र सचिवलाई कालोमोसो दल्ने चार जनाविरुद्ध किटानी जाहेरी
फाइल तस्वीर

बझाङको वित्थडचिर गाउँपालिका-८ का वडा अध्यक्ष र वडा सचिवलाई दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा ४ जनाको नाममा उजुरी भएको छ ।

आइतबार जिल्लाको वित्थडचिर गाउँपालिका-८ का वडा अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई कालोमोसो लगाएर दुर्व्यवहार गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालयमा उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको हो ।

दुर्व्यवहार गर्नेहरूले प्रयोग गरेको जीपका चालक जयपृथ्वी नगरपालिका ७ सुवेडा घर भएका २३ वर्षीया विनोद वमलाई गिरफ्तार गरी आफ्न्तको जिम्मा छाडिएको अन्यको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

दुर्व्यवहारमा संलग्न विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका अशोक धामी, दुर्गाथली गाउँपालिकाका कमल थापा, ठेगाना नखुलेका तिलक कुँवर र थलारा गाउँपालिकाकी जानकी खड्काको नाममा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गरेको वडा अध्यक्ष मल्लले बताए । आफू धरान बजारमा स्थानीयसँग बसिरहेको समयमा एक्कासि कालोमोसो दलेको वडा अध्यक्ष मल्लले बताए ।

वडा सचिव अवस्थीले भन्ने, ‘पुस २४ गते आफ्नो पार्टीलाई १ लाख ५० हजार रुपैयाँ चन्दा दिनुपर्यो भनेर फोन गरेको र पुस २५ गते कार्यालयमा आएर वडाको सबै हिसाव-किताब देखाउ भनेर भिडियो बनाउँदै हामीलाई थर्काएका थिए । हामीले सबै कागजात अहिले देखाउन सकिँदैन । कुन-कुन कागजात हेर्नु हुन्छ । निवेदन ल्याएर आउनुहोस् भनेको र त्यसपछि कार्यालयमा कोही आएका थिएनन् ।’ तर, एक्कासि आइतबार उनीहरूले आफूहरूमाथि दुर्व्यवहार गरेको उनले बताए ।

यता, जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले दुर्व्यवहार गर्नेहरूको खोजी कार्य भइरहेको बताएका छन् । कुनै रकमको हिनामिना भएको भए पनि कानुनी उपचार खोज्नुको सट्टा मानव अधिकारलाई हनन् पुग्ने गरी गरिएको अभद्र व्यवहारमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही गरिने डीएसपी विष्टले बताए ।



आफूहरूलाई सुरक्षाको खाँचो रहेको र अहिले आफूहरू असुरक्षित भएको भन्दै वडा अध्यक्ष मल्ल र वडा सचिव सदरमुकाम चैनपुर पुगेका छन् । आफूहरूको सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आफूहरू गाउँपालिका जान नसक्ने बताउँदै आएका छन् ।



  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १८:२६:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया