रशिला विश्व ब्याडमिन्टनको ७ औं स्थानमा

राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला युगलतर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकलतर्फ १९ औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियरतर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई दिएको छ । साथै आगामी दिनमा अझ मेहनतका साथ अगाडि बढ्ने सफलता प्राप्त होस् भन्दै शुभकामना दिएको छ ।

संघले नेपाली ब्याडमिन्टन खेलाडीले एकपछि अर्को उचाइलाई छुन सफल भएकोमा खुशी व्यक्त गर्दै खेलाडीको स्तरलाई कायम राख्न र अन्य खेलाडीको स्तरलाई पनि उकास्न थप दबाब परेको र त्यसमा संघ सदा अग्रसर रहने बताएको छ ।

विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकलतर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १८:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया