नेपालका पूर्वक्रिकेट प्रशिक्षक अल्ताफ बलुचको निधन

नेपालका पूर्वक्रिकेट प्रशिक्षक अल्ताफ बलुचको निधन भएको छ । बलुचको ६८ वर्षको उमेरमा सोमबार निधन भएको हो । 

पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले उनको मृत्युभएको पुष्टि गरेको हो । यद्यपि, बोर्डले उनको निधनको कारण खुलाएको छैन ।

बलुच सन् २००१ मा नेपालको प्रशिक्षक रहेका थिए । उनको प्रशिक्षणमा नेपालले शक्ति गौचनको कप्तानीमा बंगलादेशमा एसिसी यू–१७ एसिया कप खेलेको थियो । 

पाकिस्तानका लागि सन् १९६९ मा बलुचले १६ वर्षको उमेरमा ढाकामा न्युजिल्यान्डविरुद्ध टेस्ट डेब्यु गरेका थिए । त्यसको ६ वर्षपछि वेस्ट इन्डिजविरुद्ध लाहोर खेलिएको टेस्ट बलुचको दोस्रो तथा अन्तिम बन्न पुगेको थियो ।

बलुचको स्थानमा रोय डायस २००१ मै नेपालको प्रशिक्षक भएर आएका थिए । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १९:७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया