युक्रेन संकटः अलर्टमा अमेरिकी सेना, रुसले भन्यो– चिन्ता बढाउने विषय

रुसले मंगलबार अमेरिकाका ८ हजार ५ सय सेना अलर्टमा राख्ने कुरालाई चिन्ता बढाउने विषय भएको टिप्पणी गरेको छ । अमेरिकाले युक्रेन संकटलाई लिएर युरोपमा ८ हजार ५ सय सेना तैनाथ राखेको यसअघि नै बताइसकेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले चाहिँ युक्रेनमा अहिले जारी संकट बढाउन रुसको कुनै हात नभएको तर अमेरिका र नेटो सैनिकले यसलाई थप समस्यामा पारेको बताएका छन् ।

यसभन्दा पहिले नेटोले सोमबार उसको सुरक्षा बललाई तयार राखेको र पूर्वी युरोपमा जहाज तथा लडाकु विमान पठाएको बताएको थियो । रुसले यसको कडा निन्दा गरेको थियो । अमेरिका तथा युरोपले यसअघि रुसले युक्रेनी सीमामा एक लाखभन्दा बढी सेना तैनाथ गरेको भन्दै यसबारे प्रश्न उठाएका थिए । उनीहरुले रुसको चाहनाबारे प्रश्न उठाएका छन् ।

पश्चिमी देशले रुसको योजना युक्रेनमाथि आक्रमण गर्ने भएको बताएका छन् । तर, रुसले यसलाई अस्वीकार गर्दै आएको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १९:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया