काठमाडौं विश्वविद्यालयमा जारी संयुक्त विद्यार्थी आन्दोलन स्थगित

संयुक्त विद्यार्थी संगठनहरुले काठमाडौं विश्वविद्यालयमा गरिरहेको आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छन् । 

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल क्रान्तिकारी, अखिल छैटौँ र अनेवियुले संयुक्त विज्ञप्ति जारी गर्दै हाललाई आन्दोलनका कार्यक्रम स्थगित गरिएको जानकारी दिएका हुन् ।  

पुस १० गते काठमाडौं विश्वविद्यालय डिनको कार्यालय र रजिष्ट्रार कार्यालयबाट अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थी कै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होटल शुल्क र अतिरिक्त शुल्क नबुझाएबापत पठनपाठनलगायत सुविधाबाट वञ्चित रहँदै आएका विद्यार्थीहरुलाई निःशर्त कक्षामा सहभागी गराउने सहमति भएको छ । 

सो सहमतिपछि विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रम हाललाई स्थगित गरिएको जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २०:४३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया