जाजरकोटमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता

जाजरकोटको छेडागाड नगरपालिका–१३ दमाचौरमा ट्याक्टर दुर्घटना हुँदा दुईजना बेपत्ता भएका छन् । 

भेरी नगरपालिका–१२ कुदुबाट छेडाचौरतर्फ जाँदै गरेको भे३त १४९५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । 

सडकबाट करिब ५५ मिटर तल भेरी नदीमा ट्याक्टर खसेको थियो । सोमबार बेलुकी साढे ६ बजेतिर ट्याक्टर दुर्घटनामा परेको शाखाको भनाइ छ । स्थानीयका अनुसार सडकबाट ट्याक्टर खसेको थियो ।

ट्याक्टर धनीका अनुसार ट्याक्टरमा चालक र सहचालक सवार रहेका थिए । चालक र सहचालक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

घटनाका विषयमा प्रहरी टोली सोही ठाउँमा खटिई अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार २०:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया