पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : आज पनि वर्षा र हिमपातको सम्भावना
फरकधार / १२ माघ, २०७८

आज पनि देशका केही भू-भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले बुधबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको हो । 



साथै, देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति पनि देशको पहाडी भू-भागका थोरै स्थानमा  वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

अहिले सुदूरपश्चिम र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । साथै, सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ६:४०:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया