राजेन्द्र लिङ्देन भन्छन्– पर्खौँ र एकपटक हेरौं न भन्ने समय छैन
फरकधार / १२ माघ, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले वर्तमान प्रणाली र नेपाली राजनीतिबाट सुधार सम्भव नभएको बताएका छन् । अहिलेको प्रणाली र राजनीतिक दलहरू भ्रष्टाचार नियन्त्रणमा चुकेको भन्दै उनले यस्तो बताएका हुन् ।



अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपालको नाम बढी भ्रष्टाचार हुने देशको ११७ औं स्थानमा कायमै छ । 

१ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपालले १०० पूर्णाङ्कमा जम्मा ३३ अंक प्राप्त गरेको छ । नेपालले गत वर्ष पनि ३३ अंक मात्र पाएको थियो । यही विषयमा राप्रपा अध्यक्ष लिङ्देनले प्रतिक्रिया जनाएका हुन् ।  



मिलेमतोमै भ्रष्टाचार मौलाउँदै गरेको आरोप लगाएका उनले ‘पर्खौँ र एकपटक हेरौं न भन्ने समय’ नभएको पनि उल्लेख गरेका छन् ।



‘मिलेमतोमै भ्रष्टाचार मौलाउँदै... लौ फेरि पनि नेपाल अति भ्रष्ट देशहरूको सूचीमा । वर्तमान प्रणाली र नेपाली राजनीतिमा ३१ वर्षदेखि घुमीफिरी नेतृत्व गर्दै आएका दल र अगुवाबाट सुधार असम्भव । पर्खौँ र एकपटक हेरौं न भन्ने समय छैन है?,’ लिङ्देनले फेसबुकमा लेखेका छन् । 

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ७:५२:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया