आहा रारा गोल्डकप : फाइनल पुग्ने लक्ष्यमा मछिन्द्र र एपिएफ

पोखरामा जारी २० औं संस्करणको आहा रारा गोल्डकपअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल हुँदैछ । दिउँसो साढे २ पोखरा रंगशालामा हुने खेलमा मछिन्द्र फुटबल क्लब र विभागीय टोली  नेपाल एपिएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

दुवै टोली फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छन् । पहिलोपटक सेमिफाइनल पुगेको मछिन्द्रले  साविक विजेता संकटा क्लबलाई ४–१ गोलले हराउँदै एपिएफसँगको भेट पक्का गरेको हो । 

एपिएफले अमेरिकाको बिवाइएससी मिनेसोटालाई ३–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको थियो ।

खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ७:५७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया