राष्ट्रियसभा निर्वाचनको मतदान सुरु, नतिजा आजै आउने
तस्बिर सौजन्य : दिर्घ जोशी

राष्ट्रियसभा सदस्यको १९ पदका लागि भइरहेको चुनावमा मतदान कार्य सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ९ बजेदेखि नै मतदान सुरु भएको हो ।

निर्वाचनअन्तर्गत सातै प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दुई रङको मतपत्रको व्यवस्था गरिएको छ ।

रातो रङ पालिका प्रमुख उपप्रमुखका लागि र हरियो रङको मतपत्र प्रदेश सभासदस्यका लागि व्यवस्था गरिएको छ । निर्वाचनको परिणाम आजै रातिसम्ममा आउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलले आआफ्नो समीकरण बनाएर उम्मेदवार बनाएका छन् । आगामी २० फागुनमा नेकपा एमालेका आठ, नेकपा एकीकृत समाजवादीका चार, नेकपा माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि समाप्त हुने भएकाले रिक्त स्थानका लागि निर्वाचन हुन लागेको हो ।

४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । सदस्यको पदावधि समाप्त हुनु ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।   





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ९:३७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया