मधेश प्रदेश : मतदानस्थलमा छिर्न नदिएपछि जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप
भीड नियन्त्रण गर्न अश्रु ग्यास प्रहार

मधेस प्रदेशको राजधानी जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । राष्ट्रियसभा निर्वाचनको मतदानस्थल नजिकै जनमतका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

मतदानस्थल महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानभित्र जनमतका कार्यकर्ता जबरजस्ती छिर्न खोज्दा प्रहरीले उनीहरूलाई रोकेको थियो । सोही क्रममा विवाद हुँदा झडप भएको बताइएको छ । 

भीडलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहारसमेत प्रहार गरेको छ । अश्रु ग्यास प्रहारबाट जनमत पार्टीका आठजना कार्यकर्ता घाइते भएका छन् ।  झडपपछि मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 






  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १०:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया