पुनरागमन जित निकाल्दै इगा स्विटेक अस्ट्रेलियन ओपनको सेमिफाइनलमा

नवाैं वरियताकी पाेलिस खेलाडी इगा स्विटेक अस्ट्रेलियन ओपन टेनिस प्रतियाेगिताकाे सेमिफाइनल प्रवेश गरेकी छन् ।

स्विटेकले मेलर्बनमा भएकाे चाैथाे तथा अन्तिम क्वाटरफाइनलमा ११५ औं वरियताकी इस्टाेनियन खेलाडी काया केनेपीमाथि २-१ सेटकाे राेमाञ्चक जित हात परेकी हुन् ।

पहिलाे सेट ४-६ ले गुमाए पनि स्विटेकले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ७-६ (७-२) र ६-३ ले आफ्नो पक्षमा सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।

स्विटेकले फाइनल प्रवेशका लागि अमेरिकी खेलाडी डेनियल काेलिन्सकाे सामना गर्नेछिन् । काेलिन्सले फ्रेन्च  खेलाडी एलिज काेर्नेटलाई २-० काे साेझाे सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएकी हुन् । 






  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ११:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया