मधेश बन्यो सबैभन्दा बढी जनसंख्या हुने प्रदेश

मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश बनेको छ । तथ्यांक विभागले आज सार्वजनिक गरेको २०७८ सालको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको हो ।

मधेशपछि सबैभन्दा बढी जनसंख्या भएको प्रदेशमा बागमती प्रदेशको नाम आउँछ । बागमतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको छ । सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश रहेको विभागले जनाएको छ ।

कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको छ । यसअघिको जनगणनामा कर्णालीको जनसंख्या  १५ लाख ७० हजार ४ सय १८ रहेको थियो । नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ ।

नयाँ जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । अघिल्लो पटकको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।  





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार ११:३१:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया