नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले बढेर ९४ हजार ४०० रुपैयाँ पुगेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसको मूल्य मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेर प्रतितोला १ हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८४७ डलर आसपास कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।