मोरिसससँगको मैत्रीपूर्ण खेलका लागि नेपालको टोली घोषणा

मोरिससविरुद्धको दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । दुवै खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा सहभागी सबै खेलाडीलाई समावेश गर्दै दुई टोली घोषणा गरेका हुन् । 

मोरिसससँगको खेलका लागि पहिलो चरणमा ३७ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा थियो । तर, विभिन्न कारणले तीन खेलाडी टिमबाट बाहिरिएका थिए । बाँकी रहेका ३४ खेलाडीले भने टिममा मौका पाएका छन् । 

प्रशिक्षक अलमुताइरी​ले यसपालि राम्रो नतिजाको अपेक्षा गर्नुभन्दा पनि खेलाडीहरूलाई एक्सपोजर दिनमा बढी ध्यान दिएको बताएका छन् । ‘म खेलाडीहरूले अन्तर्राष्ट्रिय खेलहरूमा एक्सपोजर होस् भन्ने चाहन्छु। यसले उनीहरूलाई थप अनुभव दिई भविष्यको लागि तयार गर्न मद्दत गर्नेछ । म नतिजाभन्दा राम्रो प्रदर्शनको अपेक्षा गरिरहेको छु,’ अलमुताइरी​ले भनेका छन् । 

नेपाल र मोरिसबीचको पहिलो खेल २९ जनवरी र दोस्रो खेल १ फेब्रुअरीमा हुनेछ । एन्फाले मैत्रीपूर्ण खेलका लागि कोरोना खोप लगाएका दर्शकलाई मैदान प्रवेशमा अनुमति दिने भएको छ । जसका लागि एन्फाले सामान्य र भीआइपी प्यारापिटको लागि क्रमशः ५०० र एक हजार रुपैयाँ मूल्य तोकेको छ ।  





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १२:२५:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया