शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पत्रकार एलबी विश्वकर्माको परिवारलाई आर्थिक सहयोग गरेकी छन् । मन्त्री झाँक्रीले आफ्नो एक महिनाको तलबको आधा रकम पत्रकार विश्वकर्माको परिवारलाई सहयोग गरेकी हुन् ।
मन्त्री झाँक्रीले विश्वकर्माकी श्रीमतीको खातामा रकम ट्रान्सफर गरिदिएको उनको सचिवालयले जनाएको छ । विश्वकर्माको निधनप्रति मन्त्री झाँक्रीको विशेष ध्यानाकर्षण भएको मन्त्री झाँक्रीकी प्रेस संयोजक कान्ति न्यौपानेले बताइन् ।
पत्रकार विश्वकर्माले अस्पतालको लापरबाही र पैसाको अभावमा बिहीबार उपचार नपाएर ज्यान गुमाएको समाचार आइरहेका छन् । यस विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।