नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैतबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक विज्ञप्ति निकाल्दै दोस्रो संस्करण चैत २६ देखि जेठ ७ गतेसम्म आयोजना गरिने जनाएको छ ।
आयोजकले नयाँ संस्करणमा तीन टोली थप गरिएको समेत जनाएको छ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए ।
दोस्रो संस्करणको प्रतियोगिता काठमाडौं र पाेखरामा हुने आयोजकले जनाएकाे छ ।
दशरथ रंगशालामा आयोजना भएकाे पहिलो संस्करणको उपाधि काठमाडौं रेजर्सले जितेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।