राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ३७२ मध्ये ३६६ मत खस्यो
फाइल तस्वीर

राष्ट्रियसभा निर्वाचनमा मधेस प्रदेशमा ९८ प्रतिशत मतदान गरिएको छ । कूल ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् ।

कुल ३७२ मत रहेको यस प्रदेशमा ३६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए । प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तह (प्रमुख, उपप्रमुख) तर्फ ४ जनाले मत खसाल्न नसकेको उनले जानकारी दिए ।

स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मत खसालेका छन् । मधेस प्रदेशमा राष्ट्रियसभाका दुई सदस्यका लागि मतदान सम्पन्न भएको हो । मतगणना भने दिउँसो साढे ३ बजेदेखि सुरु हुने बताइएको छ ।

सत्ता गठबन्धन तथा नेकपा एमाले र लोसपाको गठबन्धन चुनावी मैदानमा छ । मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।



स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।



  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १५:३०:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया