जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना भाइरसको संक्रमण भएको जानकारी दिएका छन् ।
उनलाई दोस्रो पटक कोरोना संक्रमण भएको हो । उनले आफूलाई सामान्य लक्षण देखिएको बताएका छन् । उनले केही दिन आइसोलेसनमा बस्ने बताए । उनले केही समययता आफ्नो सम्पर्कमा रहेकालाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
'सतर्कताका बाबजुद मलाई कोभिड-१९ ले पुन: संक्रमण गरेको छ। पिसिआर रिपोर्ट पोजिटिभ आएको छ । लक्षण सामान्य छ । केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला । केही दिन आइसोलेसनमा रहनेछु । असुविधाका निम्ति क्षमाप्रार्थी छु,' उनले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।