संवैधानिक व्यवस्थाअनुसार तीनै तहको निर्वाचन गराउँछौँ : मन्त्री कार्की
फाइल तस्वीर

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संवैधानिक व्यवस्थाअनुसार नै सबै तहको निर्वाचन सम्पन्न गर्ने बताएका छन् । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले संविधानमा व्यवस्था भएअनुसार नै स्थानीय तह, प्रदेश र संघको निर्वाचन हुने प्रष्टाएका हुन् ।

बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले संविधानमा व्यवस्था भएअनुसार सबै तहको निर्वाचन समयमै सम्पन्न गराउन सरकारले त्यससँग बाझिएका कानुन संशोधनका लागि कानुनविद्हरूसँग छलफल गरिसकेको पनि स्मरण गराए ।

मन्त्री कार्कीले संविधानले परिकल्पना गरेअनुसार नै स्थानीय तहलाई अझ बढी प्रभावकारी बनाउने गरी अघि बढन वर्तमान सरकार प्रतिवद्ध रहेको दोहोर्‍याए ।

'संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय सरकारको, प्रदेश सरकारको र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नेछौँ । र जनताको जुन सार्वभौमिक अधिकार छ । त्यसलाई अक्षुण राख्दै जनताको भावनाअनुसार निर्वाचन समयमै सम्पन्न हुने कुरा म फेरि पनि स्पष्ट गर्न चाहन्छु’ उनले भने ।

मन्त्री कार्कीले संसद अवरुद्ध नपार्न पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पुनः आग्रह गरे । उनले एमालेजस्तो प्रजातन्त्रमाथि विश्वास गर्ने पार्टीले जनताको सार्वभौम अधिकार प्रयोग गर्ने थलो संसदलाई अवरुद्ध पार्न नहुने बताए । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १५:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया