राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीमा गरिमा शाह विजयी भएकी छिन् ।
उनी सत्ता गठबन्धनबाट महिलातर्फको उम्मेदवार थिइन् । शाह प्रदेशसभातर्फबाट १८७२ मतभार र स्थानीय तहतर्फबाट १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवारी सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी हुन् ।
यसअघि नेकपा एमालेमा नै रहेकी विजयी शाहले केही समयअघि पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादी पार्टी छानेकी थिइन् । उनी समाजवादी पार्टीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।