नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै देशभर सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना पुष्टि भएको छ । आज ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।