राष्ट्रियसभा निर्वाचनः लुम्बिनी प्रदेशबाट सत्तारुढ गठबन्धनका तीन जना विजयी

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट सत्तारूढ गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा निर्वाचित भएका हुन् ।

एमालेकी भारती उपाध्याय खनाललाई गैरैले, कृष्ण सुनारलाई विश्वकर्माले र रामदयाल गुप्तालाई शर्माले पराजित गरेका हुन् । अन्तिम मतपरिणाममा गठबन्धनका उम्मेदवारले ४ हजार ३७४ मतभार पाएका छन् । 

नेकपा एमालेका उम्मेदवारले ३३१२ मतभार पाएका छन् । मतभार भने औपचारिक रुपमा सार्वजनिक गर्न बाँकी छ । निर्वाचनमा ८१ प्रदेश सभा सदस्य र २१३ जना स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेका थिए ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १६:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया