सहज जित निकाल्दै एपिएफ आहा रारा गाेल्डकपकाे फाइनलमा

विभागीय टाेली नेपाल एपिएफ क्लब पोखरामा जारी २० औं संस्करणको आहा गाेल्डकपकाे फाइनल प्रवेश गरेकाे छ ।

एपिएफले पाेखरा रंगशालमा बुधबार भएकाे पहिलाे सेमिफाइनलमा मछिन्द्र क्लबमाथि ३-१ काे सहज जित हात पारेकाे हाे ।

खेलकाे २५ औं मिनेटमा सनिश श्रेष्ठले गाेल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए ।

४० औं मिनेटमा ओमाेलाजा करिमले मछिन्द्रलाई १-१ काे बराबरीमा ल्याए ।

६८ औं मिनेटमा प्रदिप लामाले एपिएफलाई २-१ ले अघि बढाए ।

७१ औं मिनेटमा ओमाेलाजा करिमले दाेहाेराे पहेँलो कार्ड बेहाेर्दै मैदान छाडेपछि मछिन्द्र १० खेलाडीमा सीमित बनेकाे थियाे ।



थप गरिएकाे समयमा कप्तान नवीन लामाले गाेल गरेपछि ३-१ काे सहज जित निकाल्दै एपिएफले उपाधि भिडन्त पक्का गर्याे ।

एपिएफ १४ वर्षपछि आहा रारा गाेल्डकपकाे फाइनल पुगेकाे हाे । उसले पछिल्लोपटक विसं २०६४ सालमा फाइनल खेलेकाे थियाे ।



एपिएफ अमेरिकाकाे बिवाइएससी मिनेसोटालाई ३-१ तथा मछिन्द्र साविक विजेता संकटा क्लबलाई ४-१ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

एपिएफले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीचकाे विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १६:४१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया