राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा डडेल्धुराका पार्की विजयी

राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट डडेल्धुराका जगत पार्की विजयी भएका छन् । प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १८९० मतभार पाएर निर्वाचित भएका हुन् । उनी सत्ता गठबन्धनबाट दलिततर्फको उम्मेदवार हुन् ।

निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार नरेश विकले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ १२०६ मतभार प्राप्त गरेका छन् । यसअघि महिलातर्फ गठबन्धन उम्मेदवार एकीकृत समाजवादीकी गरिमा शाह विजयी भइन् । 

यस्तै निर्वाचनमा ३ मत बदर भएका छन् । अन्य पदका भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १६:५८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया