राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा सुरु भयो मतगणना

मधेस प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । मधेस प्रदेशमा ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । कुल ३७२ मत रहेको यस प्रदेशमा ३६६ मत खसेको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको प्याकुरेलले बताए । प्रदेशसभा सदस्यतर्फ २ जना र स्थानीय तहतर्फ ४ जनाले मत खसाल्न नसकेको उनले जानकारी दिए । 

प्रदेशसभा सदस्यतर्फ ३६ महिला र ६६ पुरुष तथा स्थानीय तहतर्फ १३२ महिला र १३२ पुरुषले मत खसालेका छन् । 

प्रदेशसभा सदस्यतर्फ सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (१) बाट निर्वाचित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद गोविन्द बहादुर न्यौपाने र पर्साबाट जनता समाजवादी पार्टी नेपालका समानूपातिक सांसद रागिनी देवी वरनवाल अनुपस्थित रहेका थिए । 

राष्ट्रियसभा सदस्य चुनावका लागि मधेस प्रदेशमा दुई पदमा ४ दलबाट ५ जनाको उम्मेदवारी परेको थियो । 

चुनावी प्रतिस्पर्धाका लागि सत्तारूढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जसपाले १–१ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ तथा नेकपा एमालेबाट २ जनाले उम्मेदवारी दिएका थिए । 



सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिएकी छन् । यस्तै, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन् । 

लोसपाबाट महोत्तरीकी रूपा यादवे महिला कोटामा उम्मेदवारी दिएकी छन् । त्यस्तै, नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दिएका छन् । 



मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको थियो । लोसपासँगको गठबन्धनपछि एमालेकी विनादेवीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
मधेस प्रदेशमा स्थानीय तहबाट २६८ मतदाता छन् भने प्रदेशसभा तर्फबाट १०४ जना छन् ।

यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।

स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:७:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया