खानी तथा भूगर्भ विभागका महानिर्देशक घिमिरेसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, १ अर्ब २४ करोड बिगो माग
फाइल तस्वीर

चुनढुंगा खानी उत्खननमा भ्रष्टाचार गरेको आरोपमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक घिमिरेसहित नौ जना कर्मचारी, नौवटा सिमेन्ट कम्पनी र अन्य नौवटा कम्पनीका संचालकसहित २७ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा बुधबार अपरान्ह मुद्दा दायर गरेको हो । 

महानिर्देशक घिमिरेको हकमा १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन आएको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ र दफा ७ को देहाय बमोजिमको कसुरमा सजाय हुन मागदाबी सहित मुद्दा दायर गरिएको विशेष अदालतका उप–रजिष्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए । 

‘महानिर्देशक घिमिरेको हकमा १ अर्ब २४ करोड ४५ लाख २६ हजार ६ सय ४३ रुपैयाँ हानी नोक्सानी पुग्ने गरी राजस्व चुहावट गरी भ्रष्टाचार गरेको सप्रमाण पुष्टि हुन आएको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ र दफा ७ को देहाय बमोजिमको कसुरमा सजाय हुन मागदाबी लिई मुद्दा दायर गरिएको छ,’ उनले भने ।

चुनढुंगा अनियमिततामा संलग्न रहेको अभियोगमा सर्वोत्तम सिमेन्ट, मारुती सिमेन्ट, सिद्धार्थ मिनरल्स, अन्नपूर्ण क्वेरिज, उदयपुर मिनरल्स, युनाईटेड सिमेन्ट, सोनापुर मिनरल्स, कञ्चन क्वेरिज र डोलोमाईट चुनढंगा उद्योगविरुद्ध समेत मुद्दा दायर गरिएको छ । उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन २०५९ को कसुर बमोजिम सजाय हुन अख्तियारले दायर गरिएको मुद्दामा मागदावी गरिएको छ ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:२१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया