राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा गठबन्धन भत्काउँदै एमालेका सोनाम विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशमा महिलातर्फ नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र अन्पसंख्यकतर्फ एमालेका सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन् ।

बुधबार भएको मतगणनाअनुसार जयन्तीले ४ हजार ६ सया ९२ मतभार पाइन् । उनले प्रदेशसभाको ५२ र स्थानीय तहको १२२ जनप्रतिनिधिको मत पाइन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सुमित्रा भण्डारीले प्रदेशसभाका ३८ र स्थानीय तहका १४१ जनप्रतिनिधिको मत पाइन् । उनको मतभार ४ हजार ३ सय ६२ पुगेको छ ।

तेस्रो स्थान पाएकी राप्रपाकी उम्मेदवार रन्जु प्याकुरेलले प्रदेशमा १ र स्थानीयमा ४ जनप्रतिनिधिको मत पाएकी छिन् । महिलातर्फ ३ मत बदर भएको छ । बदर भएको मत स्थानीय तहका जनप्रतिनिधिको रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

अल्पसंख्यकतर्फ एमालेका शेर्पा विजयी भएका हुन् । अल्पसंख्‍यक काेटाबाट उम्मेदवार बनेका उनले ४ हजार ७ सय ५२ मतभार प्राप्त गरे । गठबन्धनका तर्फबाट उम्मेदवार हेमराज राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:२७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया