'ओमिक्रोनले कोरोना महामारी अन्त्य गराउँछ भन्ने तथ्य सत्य होइन'
फाइल तस्वीर

नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले ओमिक्रोन भाइरसले कोभिड महामारी अन्त्य गराउँछ भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ ।

केही दिनअघि नेपाली मिडियामा आएको एक समाचारमा भएको तथ्य सत्य नभएको पनि बताएको छ । विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयका स्वास्थ्य आपतकालीन कार्यक्रमका टोली नेता डा. आलिसन गोकोतानोले ओमिक्रोनको भाइरसको संक्रमणले अहिले कडा खालको असर नगरेको पाइए पनि यो छिटो फैलने र धेरैलाई संक्रमित गराउने बताए । 

खोप नलगाएका, खोप लगाए पनि दीर्घरोग भएका व्यक्तिमा यसले नराम्रो असर गरिरहे बताए । भाइरस जति छिटो फैलन्छ र जति धेरै जनामा पुग्छ यो त्यति धेरै आनुवांशिक परिवर्तन हुने र संक्रामक हुने सम्भावना रहेको बताए । अहिले नरम देखिएको भाइरस पुनः संक्रामक र घातक हुनसक्ने सम्भावना रहेकोले भाइरस फैलिन नदिनेतर्फ सबै सजग हुनुपर्ने बताए । 

डा. आलिसान गोकोतानोले भाइरसको संक्रमणलाई रोक्न र धेरैमा फैलन नदिन खोपले महत्वपूर्ण भूमिका खेल्ने भएकोले सबैले खोप लगाउनुपर्ने बताए । खोप लगाएका व्यक्तिमा ओमिक्रोनको संक्रमणको असर पनि कम देखिएकोले सबैलाई खोप लगाउन उनले आग्रह गरे ।





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १७:३७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया