लोकसेवाले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले लोकसेवा आयोगले स्थगित गरेका परीक्षाफल प्रकाशित गर्न परमादेश दिएको छ । 

आयोगले विभिन्न मितिमा लिएका परीक्षाको नतिजा रोक्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको थियो । तर सर्वोच्चले नतिजा रोक्ने सम्बन्धमा भएका निर्णय तथा काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर गरेको छ । 

न्यायाधीशहरू आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको संयुक्त इजलासले स्थगित गरिएका विज्ञापनको परीक्षाफल प्रकाशन गर्न बुधबार परमादेश जारी गरेको हो । आदेशमा स्थगित गरिएका विज्ञापनहरूको परीक्षाफल चाँडै प्रकाशित गर्न लोक सेवा आयोगलाई भनिएको छ ।

यस्तै सर्वोच्च अदालतले समायोजनमार्फत प्रदेश र पालिकामा गएका कर्मचारीलाई फेरि संघीय निजामती सेवामा ल्याउन नमिल्ने फैसला गरेको छ । 

समायोजन भएर प्रदेश र पालिकामा गएका शाखा अधिकृतहरूको तर्फबाट दायर भएको रिट खारेज गर्दै सर्वोच्चले उनीहरूको वृति विकासका लागि थप प्रबन्ध गर्न पनि सरकारलाई आदेश दिएको छ । 





  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १८:१४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया