राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा गठबन्धनको जित

राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनको जित भएको छ । गठबन्धनबाट नेपाली कांग्रेसकी दुर्गा गुरुङ, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट विजयी भएका हुन् । 

बुधबार गरिएको मतगणनामा सुर्खेतकी दुर्गाकुमारी गुरुङले स्थानीय तहको १०९ र प्रदेश सभाको २१ मत प्राप्त गरेकी हुन् । गुरुङले प्रदेशसभाबाट १ हजार ८ र १ हजार ९ सय ६२ गरी २ हजार ९ सय ७० मतभार प्राप्त गरेकी हुन् ।
 
उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी गंगा महतले भने स्थानीय तहको ४४ मत र प्रदेश सभाको १३ मत प्राप्त गरिन् । उनले स्थानीय तहमा ७ सय ९२ र प्रदेशमा ६ सय २४ गरी १ हजार ४ सय १६ मतभार प्राप्त गरेकी हुन् । 

त्यस्तै, नेकपा एकीकृत समाजवादीका उदयबहादुर बोहोराले स्थानीय तहको १११ र प्रदेश सभाको २१ मत प्राप्त गरेका हुन् । उनको मतभार स्थानीय तहमा १ हजार ९ सय ९८ र प्रदेश सभाको १ हजार ८ गरी तीन हजार ६ मतभार रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ । 

उनका प्रतिद्वन्द्वी चूडामणि शर्माले स्थानीय तहको ४४ र प्रदेश सभाको १३ मत प्राप्त गरेका थिए । शर्माले स्थानीय तहबाट ७ सय ९२ र प्रदेश सभाबाट ६ सय २४ गरी १ हजार ४ सय १६ मतभार पाएका थिए । 

यस्तै, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्टले स्थानीय तहको १११ र प्रदेश सभा सदस्यको २१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिइन् । उनले स्थानीय तहमा १ हजार ९ सय ९८ र प्रदेश सभाको १ हजार ८ गरी तीन हजार ६ मतभार ल्याएका थिए । 

रेग्मीका अनुसार विष्टका प्रतिद्वन्द्वी पदम माझीले स्थानीय तहमा ४३ र प्रदेश सभा सदस्यबाट २१ मत प्राप्त गरेका हुन् । उनको मतभार भने स्थानीय तहमा ७ सय ७४ र प्रदेश सभामा ६ सय २४ गरी १ हजार ३ सय ९८ रहेको निर्वाचन कार्यालयले बताएको छ । 



स्थानीय तहका पदाधिकारीमध्ये महिलातर्फको दुई मत बदर भएको र अल्पसंख्यकमा एक मत बदर भएको रेग्मीले बताइन् ।



  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार १८:३७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया