मोटरसाइकल र अटो ठोक्किँदा अटो चालकको मृत्यु
फरकधार / १२ माघ, २०७८

कञ्चनपुरमा मोटरसाइकल र अटो रिक्सा एकआपसमा ठोक्किँदा अटो चालकको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् । बुधबार जिल्लाको पुनर्वास नगरपालिका ३ माइली बजारमा दुर्घटना भएको हो ।



बेलौरीबाट धनगढी जादै गरेको लु. २ स ००८१ नम्बरको अटो रिक्सा र विपरीत दिशाबाट आइरहेको से. १ प ७६४४ नम्बरको मोटर साइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । 

दुर्घटनामा परी अटो रिक्सा चालक पुनर्वास नगरपालिका-८ क गाउँ का ३५ वर्षीय राजेन्द्र सुनार (मिजार) को उपचारका क्रममा मृत्यु भएको हो । धनगढीस्थित सेती प्रादेशीक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए ।



दुर्घटनामा परी मोटरसाइकल चालक पुनर्वास नगरपालिका- १ गणेशबस्ती बस्ने ३० वर्षीया रामभजन राना, मोटर साइकलमा सवार सोही ठाउँका ३२ वर्षीया राधेश्याम राना, अटोमा सवार बेलौरी नगरपालिका- १० भुडाका १३ वर्षीया बालक आकाश विक, सोही ठाउँका १२ वर्षीया आशिष विक, सिद्धला बजार नगरपालिका ८ बर्दियाका ३२ वर्षीया रघुवीर सुनार, १४ वर्षीया करुणा सुनार र पुनर्वास नगरपालिका-८ खडडाका ७० वर्षीया पार्वती सुनार घाइते भएका छन् ।



घाइतेमध्ये आकाश विक र राम भजनको अवस्था गम्भीर रहेको छ । घाइतेद्वयको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : माघ १२, २०७८ बुधबार २०:१६:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया