आजको मौसम : तराईमा हुस्सु र कुहिरो, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

आज पनि देशभरको मौसम पूर्णरूपमा सफा नरहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पनि देशमा पश्चिमी  न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेकाले मौसम सफा हुन समय लागिरहेको हो । 

महाशाखाका अनुसार आज बिहान पहाडमा आंशिक बदली र तराईका भू-भागमा हुस्सु/कुहिरो लागि रहेको छ । आज दिउँसो प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको सम्भावना छ ।   

बिहीबार राति पनि प्रदेश-१, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।  देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ६:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया