बैतडीमा बस दुर्घटना हुँदा १३ जना घाइते

बैतडीमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

महेन्द्रनगरबाट पञ्चेश्वर आउँदै गरेकाे ना ६ ख २५७० नम्बरको रात्रिबस बिहीवार बिहान ५ः३० बजे पाटन–पञ्चेश्वर सडकखण्डको रौतगाउँमा दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका ६ का ४८ वर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ वर्षीय रामसिंह साउँद, मेलौली २ का २१ वर्षीय मनिष चन्द रहेका छन् ।

यस्तै शिवनाथ गाउँपालिका १ का २१ वर्षीया सुशिला चन्द, शिवनाथ ६ का २९ वर्षीय जनक आउजी, कञ्चनपुरको दैजीका २१ वर्षीया पूजा भट्ट र बाराका ४५ वर्षीय सिराज अन्सारी रहेका छन्।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएकाे प्रहरीले जनाएकाे छ ।

बस सडकबाट २५ मिटर तल खसेकाे थियाे । बस के कति कारणले दुर्घटनामा परेकाे हाे, यस बारेमा अनुसन्धान भइरहेकाे छ । चालक वीरेन्द्र लुहार प्रहरीको नियन्त्रणमा रहेका छन् ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ७:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया