आफ्नै भतिजीकाे हत्या गरेकाे आराेपमा एक जना पक्राउ

स्याङजामा आफ्नै भतिजीकाे हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाकाे चापाकाेट नगरपालिका-७ पिपलछापका ३८ वर्षीय वासुदेव ढकाल रहेका छन् । 

प्रहरीका अनुसार ढकालले २७ महिनाकी भतिजी सुविनालाई जमिनमा पछारेका थिए । जमिनमा पछारिएपछि बेहाेस भएकी सुविनाकाे उपचारकाे क्रममा पाल्पाकाे रामपुर अस्पतालमा मृत्यु भएकाे हाे ।

उनी उपर ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत स्याङजाबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ८:४९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया