उत्तर कोरियाले फेरि एकपटक जापानको सागरमा मिसाइल परीक्षण गरेको छ । मिसाइल परीक्षण आज (बिहीबार) बिहान भएकाे हाे ।
योसँगै उत्तर कोरियाले यस वर्ष गरेको यो छैटौं मिसाइल परीक्षण हो । उत्तर कोरियाले यो वर्षको पहिलो परीक्षण जनवरी ६ मा गरेको थियो । उत्तर कोरियाले ६ दिनअघि पनि क्षेप्यास्त्र परीक्षण गरेको थियो ।
अमेरिकाले उत्तर कोरियामाथि नाकाबन्दी लगाउन संयुक्त राष्ट्रसङ्घसँग अपिल गरेको थियो तर चीन र रुसले त्यसको प्रयासलाई रोकेका थिए ।
अमेरिकाले गत हप्ता मिसाइल प्रक्षेपणमा एकतर्फी प्रतिबन्ध लगाएको थियो । अमेरिकाले रुस र चीनबाट परीक्षण कार्यक्रमका लागि सामग्री खरिद गरेको आरोपमा ६ उत्तर कोरियाली, एक रुसी र एक रुसी फर्मलाई कालोसूचीमा राखिएको छ ।
अमेरिकाले आणविक कार्यक्रम रोक्न दबाब पनि दिइरहे पनि उत्तर काेरियाले भने अटेर गरिरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।