एलन मस्कको रकेट चन्द्रमामा विष्फाेट हुने

एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेस एक्सले प्रक्षेपण गरेको रकेट चन्द्रमामा ठोक्किएपछि विष्फाेट हुने भएकाे छ ।

फाल्कन-९ बुस्टर नामको यो रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । मिसन पूरा गर्न नसकेपछि पृथ्वीमा फर्किनका लागि पर्याप्त इन्धन नहुँदा रकेट अन्तरिक्षमै रहेकाे हाे ।

खगोलविद् जोनाथन म्याकडोवेलका अनुसार पहिलोपटक अनियन्त्रित रकेट चन्द्रमासँग ठक्कर हुँदैछ । तर, यसको प्रभाव भने निकै कम हुनेछ ।

यो एलन मस्कको अन्तरिक्ष अन्वेषण कार्यक्रम स्पेस एक्सको एक हिस्सा थियो । स्पेस एक्स एक निजी कम्पनी हो, जसले अन्य ग्रहहरूमा मानिस बस्ने सम्भावनाकाे बारेमा अनुसन्धान गर्छ ।

खगाेलविद म्याकडोवेलले भने, ‘सन् २०१५ पछि पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षणले यस रकेटलाई तान्न थाल्यो, जसले गर्दा यसले आफ्नो बाटो गुमाएको थियो । गुरुत्वाकर्षणको दिशामा खिचिँदै गर्दा याे बन्द भएकाे थियाे ।’ 

‘पछिल्लाे दशकमा हामीले अन्तरिक्षमा यस्ता खालका लगभग ५० वटा ठूला वस्तुहरू गुमायौं । यस्तो भिडन्त पहिले पनि भएको हुनुपर्छ, तर हामीलाई थाहा थिएन । पुष्टि हुने यो पहिलो घटना हो’, उनले थपे ।
 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार ९:४४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया