रौतहटको गरुडा नगरपालिका–४ गरुडामा गएराती मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहटको गढीमाई नगरपालिका–८ का १९ वर्षीय महमद अलताफ आलम र २५ वर्षीय रवि साह रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ६२ प ३३ ९९ नम्बरको मोटरसाइकल गएराती सवा ११ बजे अनियन्त्रित भइ दुर्घटना भएको थियो ।
सवार दुईजना मध्ये मोटरसाइकल चालक यकिन नभएको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।