इलाममा जिप दुर्घटना : दुईको मृत्यु, एकजना गम्भीर घाइते

इलाममा पिकअप जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बिहीबार बिहान झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भएर सडकबाट खस्दा दुईजनाको मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ बस्ने ५५ वर्षीय  रमेश थापा र सोही स्थान बस्ने ४० वर्षीय  सूर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो । 

जिप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको छ । मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा भएको दुर्घटनामा जिप सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १०:१९:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया