नेप्से परिसूचक सामान्य अंकले बढ्यो

साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रूपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो ।

बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९  अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दूमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.३८ अंक, फ्लोट इण्डेक्स ०.०५ अंकले बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता शेयर ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको शेयर कारोबार भएको छ । नेप्से सामान्य अंकले बढे पनि शेयर कारोबार रकममा भने गिरावट आएको छ । बुधबार ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेप्सेको कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ वटा उपसमूहको शेयर सूचक बढेको छ भने ६ वटा उपसमूहको सूचक राताम्मे भएको छ । जसमा निर्जिवन बीमा उपसमूहको सूचक सबैभन्दा बढी १.०४ प्रतिशतले बढेको छ ।

त्यस्तै, वित्त उपसमूहको ०.६१ प्रतिशत, जलविद्युतको ०.१६ प्रतिशत, लगानीको ०.५४ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.३५ प्रतिशत, लघुवित्तको ०.१० प्रतिशत र अन्यको ०.८० प्रतिशत बढेको छ । यता, होटल तथा पर्यटन उपसमूहको परिसूचक भने सर्वाधिक ०.६९ प्रतिशत घटेको छ ।

आज कारोबारमा दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । विन नेपाल लघुवित्त र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । 



त्यस्तै, सिईडिबी हाइड्रोपावर, अजोड इन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयरमूल्य बढेको छ । तर सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य भने सर्वाधिक ४.१४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेशनल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । इन्स्योरेन्सको २० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । नेपाल टेलिकम, अपि पावर कम्पनीको १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।



  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १५:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया