नक्कली मास्क बेच्ने ४ जना त्रिपुरेश्वरबाट पक्राउ

काठमाडौंका विभिन्न स्थानमा नक्कली मास्क बिक्री वितरण गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन ब्राण्डको थ्रि एम मास्क तथा थ्रि एम हेल्थकेयर युएसको नक्कल गरी कम गुणस्तरको मास्क बिक्री वितरण गर्ने चार जनालाई प्रहरीले त्रिपुरेश्वरबाट चार जनालाई पक्राउ गरेको हो । 

नक्कली मास्क बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले ६ हजार ११४ थान नक्कली मास्कसहित चार जनालाई नियन्त्रणमा लिएको हो । 

त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेज प्रालि र सोही स्थानमा रहेको ओनेस्ट सप्लायर्समा  चेकपाँच गर्ने क्रममा नक्कली तथा कम गुणस्तरको मास्क राखेको पाइएको थियो । 

पक्राउ पर्नेमा ललितपरको टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय बुद्धि बहादुर कार्की, भारतको राजस्थान घर भई हाल भोटेबहाल बस्ने २० वर्षीय यश अगवाल र यान्स लावटी र संखुवासभा सभापोखरी घर भई हाल ललितपुर सातदोबाटो बस्ने ओनेस्ट सप्लायर्सका म्यानेजर २३ वर्षीय मुक्ति प्रसाद पोखरेल  रहेका छन् । 

उनीहरुको साथबाट प्रहरीले चार हजार १४ थान थ्रि एम नक्कली मास्क, ओनेस्ट सप्लायर्सबाट एक हजार ९२० थान नक्कली मास्क बरामद गरेको हो । 

पक्राउ परेका चारे जनालाई महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाइएको छ । 



उनीहरुले अमेरिकन ब्राण्डको नक्कल गरेर तथा गुणस्तरहिन मास्क तयार पारेर बिक्री वितरण गर्दै आएका थिए ।



  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १७:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया