सहकारीको सुधारका लागि मन्त्रालयले सहयोग गर्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीका सर्वमान्य सिद्धान्त, मूल्यमान्यता अनुसार सहकारीहरूलाई अगाडि बढ्न र बढाउन सहकारी बोर्डको भूमिका महत्त्वपूर्ण हुने बताएकी छन् ।

आज मन्त्रालयमा आयोजित राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्षमा नियुक्त भएका मित्रराज दवाडीलाई नियुक्ति पत्र प्रदान र प्रतिबद्धता जाहेर कार्यक्रममा मन्त्री श्रेष्ठले खारेजीको चरणमा पुगेको सहकारी बोर्डले पुनर्जीवन पाएको भन्दै सहकारी क्षेत्रलाई सही दिशामा लैजान बोर्डले अहम् भूमिका खेल्नु पर्ने बताइन् ।

सहकारी बोर्डको अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले नीतिगत रूपमा देखिएका समस्या हल गर्दै सहकारी क्षेत्रलाई अनुशासित र मर्यादित बनाउँदै देशको सापेक्षता र मौलिक ढंगबाट अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।

उनले संविधानमा नै व्यवस्था गरिएको अर्थतन्त्रको तीन खम्बे नीतिअनुरुप देशलाई समृद्धिको दिशामा लैजान सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका हुनेमा जोड दिँदै सहकारी क्षेत्रको सुधारका लागि मन्त्रालयको सधैँ साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

मन्त्री श्रेष्ठले सहकारी क्षेत्रसँग अहिले चुनौती र अवसर दुवै रहेकाले सम्भावनाको खोजी गर्दै सहकारीका माध्यमबाट रोजगारी सिर्जना गर्ने र गरिबी निवारण गर्न महत्त्वपूर्ण भूमिका खेल्नु पर्नेमा समेत जोड दिइन् ।





  • प्रकाशित मिति : माघ १३, २०७८ बिहीबार १९:३६:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया