इसेवा मनी ट्रान्सफर र कतारस्थित युनिमोनीबीच रेमिट्यान्स् सम्झौता भएको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीले युनिमोनीको कतारमा रहेका ९ वटा शाखाबाट इसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन् ।
युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इसेवा वालेटमा पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको रेमिट्यान्स् नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै ईसेवा वालेटमा प्राप्त गरी अतिरिक्त ७७ बोनससमेत प्राप्त गर्न कम्पनीको भनाइ छ ।
इसेवा मनी ट्रान्सफरका सीइओ अजेस कोइरालाले इसेवा मनी ट्रान्सफर र युनिमोनी बीचको सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।