भारतमा फेरि नयाँ कोरोना संक्रमितको संख्या घट्यो

भारतमा फेरि नयाँ कोरोना संक्रमितको संख्या घटेको छ । बुधबार २ लाख ८६ हजार नयाँ संक्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा भने भारतमा २ लाख ४८ हजार जनामा कोरोना पुष्टि भएको हो ।

बुधबारको तुलनामा त्यहाँ बिहीबार ३८ हजार कम संक्रमित भेटिएका हुन् । गत २४ घण्टामा भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने बढेको छ । यो अवधिमा त्यहाँ ६२४ संक्रमितको मृत्यु भएको छ । बुधबार भारतमा ५७३ संक्रमितले ज्यान गुमाएका थिए । हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९२ हजार ३ सय नाघेको छ । 

त्यस्तै, हाल भारतमा २० लाखभन्दा बढी संक्रमित उपचाररत रहेका छन् । अहिलेसम्म त्यहाँ ४ करोड ६ लाखभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भइसकेको छ । जसमध्ये ३ करोड ७६ लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएका छन् ।

नेपालमा गत २४ घण्टामा ८ हजार १७ जनामा कोरोना पुष्टि हुँदा १५ जनाले ज्यान गुमाएका छन् । यो अवधिमा ५ हजार २९२ जना उपचारपछि निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार हाल देशभर ९० हजार ५७६ जना सक्रिय संक्रमित छन् । 

 





  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार ७:४८:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया