विश्वकप दक्षिण अमेरीकी छनोटअन्तर्गत आज बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोली चिलीमाथि २-१ को रोमाञ्चक जित हात पारेको छ ।
स्टेडियो जोरोस डेल डिजायरटोमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डि मारिया र लाउटारो मार्टिनेजले गोल गर्दा चिलीका बेन ब्रेरेटन डियाजले एक गोल फर्काए ।
खेलको नवौं मिनेटमा डि मारियाको गोल मार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो । २० औं मिनेटमा डियाजले चिलीलाई १-१ को बराबरीमा ल्याए ।
३४ औं मिनेटमा मार्टिनेजले गरेको गोल नै निर्णायक बन्दा अर्जेन्टिनाले २-१ को रोमाञ्चक जित निकाल्यो । जितसँग अर्जेन्टिना १५ खेलमा ३२ अंकका साथ दोस्रो तथा पराजित ५ खेलमा १६ अंकका साथ सातौं स्थानमा यथावत छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।