प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच आगामी तीन तहको निर्वाचनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
केही दिन अगाडि स्थानीय तह निर्वाचनलाई पछि सार्न कानुन संशोधन गर्नुपर्ने कानुन व्यवसायीहरूले सुझाव दिएको अवस्थामा तीन नेताको बैठक बसेको हो ।
सत्ता गठबन्धनले निर्वाचनलाई सार्न चाहेको छ ।
संविधानविदहरूले भने स्थानीय तह निर्वाचन सार्न नमिल्ने बताउँदै आएका छन् । निर्वाचन सार्न नहुने एमालेको पनि धारणा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।