सरकारी छाप, दस्तखत किर्ते गरी ठगी गर्ने एक युवक पक्राउ

सडक डिभिजन कार्यालयमा जागिर लगाइदिन्छु भन्दै सरकारी छाप, दस्तखत किर्ते गरी ठगी गर्ने एक युवक जनकपुरधामबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको धनौजी गाउँपालिका वडा नम्बर-१ बस्ने सतार मियाका २५ वर्षीय छोरा शहादत राइन रहेका छन् । 

राइनमाथि सडक डिभिजन कार्यालय जनकपुरमा तीनजनालाई नक्कली नियुक्ति दिएर ठगी गरेको आरोप छ ।

राइनले स्थानीय १९ वर्षीय बबलु पासमान, २० वर्षीय पारस कुमार पासवान र दिपेश कुमार पासवनलाई सडक डिभिजन कार्यालय जनकपुरमा सुपरभाइजर पदमा जागिर दिने नाममा जनही २-२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

उनले सडक डिभिजन कार्यालयको सुपरभाइजर पदको नियुक्तिपत्र, मासिक तलब र सो सम्बन्धी उम्मेदवारको सम्झौता पत्र सडक डिभिजनको लेटर प्याड तयार गरी साे प्याडमा सरकारी दस्तखत छाप किर्ते गरी ठगी गरेको पाइएको छ । 

तीनैजनाले संयुक्त रूपमा जिल्ला प्रहरी कार्यालय धनुषामा राइनमाथि किर्ते, ठगी शीर्षकमा उजुरी दिएका थिए । सोको आधारमा राइनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-२ कदम चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 



उनले आफूले किर्ते गरेको समेत स्वीकार गरिसकेकाले बुधबार नै जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते र ठगी मुद्दा १० दिनको म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।



  • प्रकाशित मिति : माघ १४, २०७८ शुक्रबार १४:४९:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया